सेयर बजारमा उतारचढाव, हाइड्राेपावरमा चमक

सेयर बजारमा उतारचढाव, हाइड्राेपावरमा चमक

नेपाली पुँजीबजारमा उतारचढाव कायमै छ।

आइतबार १ सय २३ अंकले घटेको सेयर बजार सोमबार लयमा फर्किएकामा मंगलबार उतारचढाव रह्यो।

मंगलबार नेप्से परिसुचक ९.०४ अंकले घटेर १९९५.३५ विन्दुमा पुग्दा बजार बन्द भयो।

मंगलबार २ सय २ कम्पनीका १  करोड २५ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम घटेर ५ अर्ब ७१ करोड रुपैयाँमा सीमित भयो।

जबकि,  सोमबार र  आइतबार क्रमशः ६ अर्ब ६६ करोड र ७ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको थियो।

खरिदबिक्री भएकामध्ये हाइड्राेपावर र म्युचुअल फण्ड बाहेकका समूह राताम्मे भए।

मंगलबार हाइड्राेपावर ८३ दशमलव ८९  र म्युचुअल फण्ड ०.०९ अंकले उकालो लागेका छन्।
 


Leave a Reply

Your email address will not be published.