साझासँग एकीकरण गर्न विवेकशीलले गठन गर्‍यो सचिवालय

साझासँग एकीकरण गर्न विवेकशीलले गठन गर्‍यो सचिवालय

विवेकशील नेपाली दलले साझा पार्टीसँग एकीकरणका लागि सचिवालय गठन गरेको छ।

विवेकशील र साझाबीच एकीकरणका लागि दुवै पार्टीका केन्द्रीय समितिबाट हस्ताक्षरका लागि पारित गरी एकीकरणको तयारी भइरहेका बेला विवेकशीलले १३ सदस्यीय सचिवालय गठन गरेको हो।

सचिवालयमा विवेकशीलका अध्यक्ष मिलन पाण्डेसहित  निर्देश सिलवाल, सञ्जीव भट्टराई, सुमित्रा गुरुङ, रन्जु दर्शना, रमेश पौडेल, पुकार बम, अनुशा थापा, आशुतोष तिवारी, हिरामणी पौडेल, रजिया बानु, प्रतिभा डङ्गोल र अमिनेश कुमार मिश्र रहेका छन्।

यसैगरी, विवेकशीलले ३५ सदस्यीय संघीय समिति विस्तार गरी ५२ सदस्यीय बनाएको छ। प्रदेशबाट सिफारिस भएका नाम, विधानको अनुसूची ५ बमोजिम र संक्रमणकालिन व्यवस्था तथा संघीय समिति विस्तार सम्बन्धी निर्देशिका अनुसार विस्तार गरिएको विवेकशीलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।


Leave a Reply

Your email address will not be published.