छोरी बलात्कारको आरोपमा बुवा प्रक्राउ

छोरी बलात्कारको आरोपमा बुवा प्रक्राउ

दैलेखमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

१४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षीय पुरुष पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठका अनुसार अनुसार ती व्यक्तिले शुक्रबार दिउँसो साढे चार बजेतिर छोरीमाथि बलात्कार गरेका थिए।

पक्राउ परेकामाथि अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट म्याद थप भएको श्रेष्ठले बताए।
 


Leave a Reply

Your email address will not be published.

थप समाचार