खुम्बु क्षेत्रमा वार्षिक ५५ लाख पर्यटक भित्र्याइन्छ- मुख्यमन्त्री राई

खुम्बु क्षेत्रमा वार्षिक ५५ लाख पर्यटक भित्र्याइन्छ- मुख्यमन्त्री राई

प्रदेश १ का मुुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुुको खुम्बु क्षेत्रमा वार्षिक ५५ लाख पर्यटक पुर्‍याउने गरी पूर्वाधार विकास भइरहेको बताएका छन्।

उदयपुरको बेलका नगरपालिकाद्वारा आयोजित कार्यक्रममा राईले सप्तकोसी नदीको जल पूर्वाधार र सडक पूर्वाधारको विकासमा प्रदेश सरकारले तीव्र गतिमा काम गरिरहेको पर्यटकको ओइरो लाग्ने बताए। 

‘हाल हवाइ मार्गबाट गइरहने पर्यटकको संख्यामा वृद्धि हुने छ,’ उनले भने, ‘खुम्बु पुग्ने सडक, पुल र अन्य पूर्वाधार बनिरहेका छन् । जल यातायातको समेत सम्भाव्यता अध्ययनको काम तीव्र रुपमा अघि बढिरहेको छ।’

हाल हवाइ माध्यमबाट उक्त क्षेत्रमा  वार्षिक ५५ हजार पर्यटक पुुग्ने गरेका छन्। प्रदेश सरकारले सबै भन्दा होचो भूभाग झापाको केचना कवलदेखि खुम्बुसम्म पुग्ने सडक मार्गको काम चाँडो सम्पन्न गर्ने योजना बनाएको छ। राईले छिमेकी मुलुक भारत, बंगलादेश भुटान लगायका पर्यटकलाई सगरमाथा क्षेत्रमा आकर्षित गर्न सडक योजना ल्याइएको बताए। 

सप्तकोशीबाट चतरादेखि दोलालघाटसम्मको जल यातायातको बारेमा सम्भाव्यता अध्ययन भइरहेको उनले जानकारी दिए। त्यस्तै अरुण नदी र तामोरमा समेत जल पर्यटनको सम्भाव्यता अध्ययन गरिरहेको भन्दै उनले उदयपुरको वेलका यी दुवै क्षेत्रका यातायातको केन्द्र हुने बताए। 

मुुख्य मन्त्री राईले उदयपुरको वेलका नगरपालिकामा एउटा झोलुंगे पुल, तीन ओटा वडा कार्याालयको भवन, महिला सुरक्षा आवास गृह, खसीबाख्रा संकलन केन्द्र, कोभिड तथा आधारभुत स्वास्थ्य केन्द्र र आदिवासी जनजाती भवनको उद्घाटन गरेका थिए।


Leave a Reply

Your email address will not be published.