भारतविरुद्धको टिट्वान्टीमा क्लिनस्विपबाट बच्यो घरेलु टोली अष्ट्रेलिया

भारतविरुद्धको टिट्वान्टीमा क्लिनस्विपबाट बच्यो घरेलु टोली अष्ट्रेलिया

भारतसँगको टिट्वान्टी सिरिजमा अष्ट्रेलिया क्लिनस्विप हुनबाट जोगिएको छ। मंगलबार सम्पन्न अन्तिम तथा तेस्रो टिट्वान्टी खेलमा १२ रनको जित निकाल्दै अष्ट्रेलियाले सिरिजको सुखद अन्त्य गर्यो। सिरिजको उपाधि भने भारतले २–१ ले आफ्नो पक्षमा पार्‍यो।

अस्ट्रेलियाले दिएको १ सय ८७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो। उसका लागि कप्तान विराट कोहलीले ८५, शिखर धवनले २८ र हार्दिक पाण्ड्याले २० रन बनाए। अस्ट्रेलियाका मिचेल स्विपसनले तीन विकेट लिए।

त्यसअघि सिड्नीमा टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले म्याथु वेको ८० रन मद्दतमा पाँच विकेट गुमाएर १ सय ८६ रन बनाएको थियो। अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले पनि अर्धशतकीय पारी खेल्दै ५४ रन बनाउँदा स्टिभ स्मिथले २४ रन बनाए। भारतका वाशिंटन सुन्दरले दुई विकेट लिए।

यी दुई देश बीच भएको एकदिवसीय सिरिज भने अस्ट्रेलियाले जितेको थियो। भारत र अस्ट्रेलिया बीच अब टेस्ट सिरिज हुनेछ।


Leave a Reply

Your email address will not be published.