एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बीच सम्झौता

एकेडेमी सञ्चालन गर्न एन्फा र सशस्त्र प्रहरी बीच सम्झौता

युवा खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ फुटबल एकेडेमी सञ्चालन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) बीच सम्झौता भएको छ। एन्फाले युवा खेलाडी विकासका लागि एपीएफसँग ६ वर्षको सम्झौता गरेको हो।

युवा खेलाडी विकासका लागि नेपाल एपीएफ स्कुल फुटबल एकेडेमी स्थापनाका गरिने छ। एन्फा र एपीएफ दुवै पक्षबीच युवा खेलाडीलाई शिक्षामा सहयोग गर्दै व्यावसायिकरुपमा फुटबलतर्फ आकर्षित गर्न सो सहमति भएको हो। 

सशस्त्र प्रहरी बलको मुख्यालय हलचोकमा मंगलबार आयोजिक एक कार्यक्रममा सम्झौतापत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर गरे। 

एन्फा र एपीएफ एकेडेमीको प्राविधिक टोलीले देशभरिबाट २१ खेलाडी छनोट गर्नेछ। तीमध्ये १४ खेलाडीको एन्फा र एपीएफले प्रायोजन गर्नेछन्। दुवै पक्षले उनीहरुको कक्षा १२ सम्मको पठनपाठनको सम्पूर्ण खर्च ब्यहोर्ने सम्झौतापत्रमा उल्लेख छ। 

खेलाडी उत्पादनका लागि एन्फासँत सहकार्य गर्न तयार रहेको महानिरीक्षक खनालले बताए। 

शीर्ष डिभिजनको लिग खेल्ने एपीएफ क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो। एपीएफ, एन्फा र खुलातर्फ सातसात गरी २१ खेलाडी छनोट गरी एकेडेमीमा भर्ना गरिने छ। 

एकेडेमी सञ्चालन गर्न एन्फाले वार्षिक रु १० लाख सहयोग गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published.