शिक्षक हत्याको जिम्मा लिँदै विप्लव समूहले भन्यो, ‘सुराकी गर्थे, प्रतिकारमा मारिए’

शिक्षक हत्याको जिम्मा लिँदै विप्लव समूहले भन्यो, ‘सुराकी गर्थे, प्रतिकारमा मारिए’

मंगलबार बिहान हत्या गरिएका मिक्लाजुुङ–१ मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या विप्लवसम्बद्ध नेपाल कम्युनिष्ट पार्टीले गरेको पुष्टि भएको छ। 

मंगलबार साँझ एक विज्ञप्ती जारी गर्दै मेची–कोशी इन्चार्ज प्रतापले उक्त घटनाको जिम्मेवारी लिएका हुन्। 

उनले जारी गरेको विज्ञप्तीमा हत्या गरिएका श्रेष्ठलाई सुराकीको आरोप लगाइएको छ। गतवर्ष फागुन २६ गते ब्यूरोको बैठकमा प्रहरी बोलाएर दमन गरेको र सो समयमा पार्टी सम्बद्ध काशीराम घिमिरे र विज्ञान राई पक्राउ भएको उल्लेख गरिएको छ। 

पार्टीका गतिविधिमा निज श्रेष्ठले प्रशासनलाई सूचना दिने गरेको र त्यसो नगर्न पटक–पटक सम्झाउँदासमेत नमानेको उल्लेख छ। श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर प्रतिकारमा आएको हुँदा हत्या भएको विज्ञप्तीमा उल्लेख छ। 

तर, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले भने हत्या गरिएका शिक्षकलाई रुखमा हात बाँधि धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव भेटिएको जानकारी दिए।

 


Leave a Reply

Your email address will not be published.