गणतन्त्रलाई विदेशी एजेण्डा भन्नेलाई बाबुरामको जवाफ – अस्पताल नगई धामीझाँक्री लगाउ

गणतन्त्रलाई विदेशी एजेण्डा भन्नेलाई बाबुरामको जवाफ – अस्पताल नगई धामीझाँक्री लगाउ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेलाई अस्पताल नगई धामीझाँक्री लगाउन भनेका छन्। 

केही दिनदेखि राजतन्त्रका पक्षमा भइरहेको आन्दोलन र त्यसमा लागेका नारालाई लक्षित गर्दै भट्टराईले ट्विटमार्फत गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा देख्नेहरुले विज्ञान/प्रविधि तथा विदेशी भाषा पनि नपढी गुरुकुल जानुपर्ने बताएका छन्। यति मात्रै होइन उनले मसिनले सिलाएको लुगा नलगाई लगौंटीमात्र लगाउन नत्र बकवास नगर्नसमेत गणतन्त्र विरोधीलाई भनेका छन्।

'गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझाव – १ विज्ञान/प्रविधि र विदेशी भाषा नपढ, गुरूकुल मात्र जाऊ २ अस्पताल नजाऊ, धामीझाँक्री लगाऊ ३ गाडी नचढ, पैदल मात्र हिँड ४. विदेशी मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिँड ५.फोन र इन्टरनेट, टीभी प्रयोग नगर। नत्र वकवास नगर।', भट्टराईले ट्विटमार्फत भनेका छन्।


Leave a Reply

Your email address will not be published.