भारतीय क्रिकेटर पार्थिव पटेलले लिए सन्यास

भारतीय क्रिकेटर पार्थिव पटेलले लिए सन्यास

भारतीय क्रिकेटर पार्थिव पटेलले सबै फम्र्याटका क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन्। ३५ वर्षीय विकेटकिपर तथा ब्याट्सम्यान पटेलले बुधबार ट्विट गर्दै आफूले १८ वर्षको क्रिकेट जीवनबाट सन्यास लिएको बताए।

उनले भारतीय टिममा रहेर अन्तिम खेल सन् २०१८ मा साउथ अफ्रिकाविरुद्ध खेलेका थिए। आफ्नो क्रिकेट जीवनमा पटेलले भारतीय टोलीका लागि २५ टेस्ट, ३८ एकदिवसीय र दुई टिट्वान्टी खेल खेले।

१७ वर्षको उमेरमा टेस्ट क्रिकेटमार्फत डेब्यू गरेका पटेलले टेस्टमा ६ अर्धशतकसहित ९ सय ३४ रन बनाएका छन्। यस्तै एकदिवसीमा चार अर्धशतकसहित ७ सय ३६ रन बनाए। आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरको टोलीमा रहेका उनले यस वर्ष कुनै खेल पनि खेल्न पाएनन्।
 


Leave a Reply

Your email address will not be published.