प्रशिक्षण थाल्नुअघि राष्ट्रिय क्रिकेट टोलीको एक मिनेट मौनधारण

प्रशिक्षण थाल्नुअघि राष्ट्रिय क्रिकेट टोलीको एक मिनेट मौनधारण

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज १४ औं दिनको प्रशिक्षण थाल्नुअघि एक मिनेट मौनधारण गरेको छ। 

राष्ट्रिय अम्पायर तथा पूर्वराष्ट्रिय क्रिकेट खेलाडी सुनिल ढुंगानाको सम्झनामा राष्ट्रिय टोलीले प्रशिक्षण थाल्नुअघि मौनधारण गरेको हो।

ढुंगानाको मंगलबार मृत्यु भएको थियो। रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ का ढुंगानाको ६३ वर्षका निधन भएको हो।

राष्ट्रिय स्तरको प्रतियोगितामा अम्यायरिङ गर्ने उनी रुपन्देही जिल्ला क्रिकेट संघको प्रमुख सल्लाहकार पनि थिए।
 


Leave a Reply

Your email address will not be published.