२५ लाखका चेक र चारवटा नागरिकता लिएर हिँडेका व्यक्ति भक्तपुरबाट पक्राउ

२५ लाखका चेक र चारवटा नागरिकता लिएर हिँडेका व्यक्ति भक्तपुरबाट पक्राउ

प्रहरीले भक्तपुरस्थित मध्यपुर थिमी नगरपालिका-६ पाटीविहारबाट एकजनालाई ‘संकास्पद गतिविधि’ मा संलग्न रहेको आशंकामा पक्राउ गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले सवारी चाँज गरिरहेका बेला आषिश गिरी पक्राउ परेका हुन्।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार सिन्धुपाल्चोक साँगागढी चोक नगरपालिका-१२ का गिरी मध्यपुरथिमी-७ मा बस्दै आएका थिए।

बा१५च ४६८४ हुन्डाइ कारमा हिँडेका उनीसँग विभिन्न व्यक्तिका नाममा जारी भएका चारवटा नेपाली नागरिकता फेला परेका छन् भने दुई थान सवारीचालक अनुमति पत्र।

यसैगरी, उनीसँग विभिन्न बैंकका चारवटा चेक (२५ लाख रुपैयाँ), ४१ हजार ५ सय नगद, तीनथान मोबाइल पनि फेला परेको बुढाथोकीले बताए। प्रहरी हिरासतमा रहेका उनीसँग प्रहरीले साेधपुछ गरिरहेकाे छ।


Leave a Reply

Your email address will not be published.