भक्तपुरका सिडिओलाई भादगाउँले टोपी लगाइदिएर स्वागत, भन्छन्- नगरपालिकाको कार्यशैली उदाहरणीय

भक्तपुरका सिडिओलाई भादगाउँले टोपी लगाइदिएर स्वागत, भन्छन्- नगरपालिकाको कार्यशैली उदाहरणीय

भक्तपुर नगरपालिकाले भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) प्रेमप्रसाद भट्टराईलाई स्वागत गरेको छ।

धनुषाबाट सरुवा भई आएका भट्टराईलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले भादगाउँले टोपी लगाइदिएर स्वागत गरे। उनले भट्टराईलाई भक्तपुरको प्रसिद्ध मयुरको झ्याल र नगरपालिकाका प्रकाशन उपहारस्वरुप प्रदान गरेका थिए।

प्रजापतिले भक्तपुर नगरपालिकाले देश र जनतालाई केन्द्रबिन्दुमा राखी सामूहिक हितको निम्ति काम गर्दै आइरहेको बताए। भट्टराईले भक्तपुर नगरपालिकाको कार्यशैली उदाहरणीय रहेको बताए।

भक्तपुरको शान्ति सुरक्षा र भक्तपुरबासी जनताको स्वास्थ्य सुरक्षामा प्रतिबद्ध भएर लाग्ने भट्टराईल बताए।

उनले भक्तपुर औद्योगिक क्षेत्रबाट भएको धुँवाधुलो प्रदूषण गर्ने उद्योग स्थानान्तरण गर्ने विषयमा आफू सकारात्मक रहेको बताए। उनले सार्वजनिक सम्पत्ति रक्षा गर्न आफू सधैँ तत्पर रहने आश्वासन दिए। 

कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले मन्तव्य व्यक्त गरेका थिए। 


Leave a Reply

Your email address will not be published.