६,२८६ परीक्षण गर्दा १,०५६ संक्रमित थपिए, १४ जनाको मृत्यु

६,२८६ परीक्षण गर्दा १,०५६ संक्रमित थपिए, १४ जनाको मृत्यु

नेपालमा थप १ हजार ५६ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालको अनुसार आज थपिएका सहित नेपालमा २ लाख ४४ हजार ४३३ पुगेको संक्रमित पुगेका छन्। काठमाडौं उपत्यकामा ५ सय ७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

पछिल्लो २४ घण्टामा ६ हजार २८६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यो बीचमा थप १४को मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १,६५१ पुगेको छ। 

हाल क्वारेन्टाइनमा ५२५ रहेको मन्त्रालयले जनाएको छ। आज १२ हजार २४५ जना सक्रिय संक्रमित छन्। डा .गौतमका अनुसार ३ सय ३० जना सहित ५७ जना भेन्टिलेटरमा रहेका छन्।

आज १४८३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ।

कुल संक्रमित मध्ये ९४. ३ प्रतिशत संक्रमणमुक्त भएका छन्।


Leave a Reply

Your email address will not be published.

थप समाचार