विश्व बैंक र एसियाली विकास बैंकबाट ऋण लिँदै सरकार

विश्व बैंक र एसियाली विकास बैंकबाट ऋण लिँदै सरकार

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल खरिद गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बंगलादेश सरकारबाट ५० हजार टन युरिया मल खरिद गर्ने निर्णय भएको जानकारी दिए।बंगलादेशसँग ‘जी टु जी’ प्रक्रियामार्फत युरिया मल खरिद गर्ने निर्णय भएको मन्त्री गुरुङले बताए।

यसैगरी सरकारले बाढी जोखिम आयोजनाका लागि एसियाली विकास बैंकसँग ऋण लिने निर्णय गरेको छ।
प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम आयोजनाका लागि एसियाली विकास बैंकबाट ४ अर्ब ७७ करोड सहुलियत ऋण र १ अर्ब १९ करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको गुरुङले जानकारी दिएका छन्।

यसैगरी ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न विश्व विकास बैंकबाट ९ अर्ब ३८ करोड रुपैयाँ सहुलियत ऋण स्वीकार गर्ने निर्णय भएको उनले बताए।

प्रदेश सरकारको निर्णयअनुसार बागमती प्रदेशका पाँचवटा अस्पताललाई प्रदेशमातहत हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको छ।


Leave a Reply

Your email address will not be published.