अब पत्रकारलाई हुलाक कार्यालयबाट प्रेस कार्ड

अब पत्रकारलाई हुलाक कार्यालयबाट प्रेस कार्ड

पत्रकारले अब सम्बन्धित जिल्लाबाटै प्रेस प्रतिनिधि कार्ड पाउने भएका छन्।

यसअघि सूचना विभागबाट प्रेस प्रतिनिधि कार्ड लिनुपर्ने भएपनि सरकारले अब यो सुविधा ७७ वटै जिल्लामा उपलब्ध गराएको छ।

काठमाडौं आउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै सम्बन्धित जिल्लास्थित हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि कार्ड वितरण गर्ने निर्णय भएको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।

पत्रकारहरुलाई जिल्लास्थित हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि कार्ड वितरण गर्ने निर्णय भएको उनले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.