बुटवलमा ६ सय ५० घरपरिवारलाई लालपुर्जा वितरण

बुटवलमा ६ सय ५० घरपरिवारलाई लालपुर्जा वितरण

बुटवल उपमहानगरपालिकाले ६ सय ५० परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरेको छ। वर्षाैंअघि नापजाँच भएर रोकिएका साविकका मोतिपुर र सेमलारका गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको हो।

बुटवलका-१४, १५, १६, १७ र १८ का विभिन्न टोलमा पुर्जाविहीन अवस्थामा रहेका ६ सय ५० घरपरिवारलाई उपमहानगरपालिका गोश्वारा नापी कार्यालयको सहकार्यमा लालपुर्जा वितरण गरिएको जानकारी दिइएकाे छ।

ज्येष्ठ नागरिक बुटवल-१४ का ८० वर्षीय रामप्रसाद उपाध्याय र ७४ वर्षीय प्रभु थारु, १८ का ७५ वर्षीय चित्रकुट थारु र असिया थारुलाई लालपुर्जा हस्तान्तरण गर्दै उपमहानगरपालिकाका मेयर सुवेदीले मोतिपुर र सेमलार क्षेत्रलाई नयाँ बुटवलका नमुना वस्तीका रुपमा विकास गर्नेगरी योजना बनिरहेको बताए।

ती क्षेत्रमा आधुनिक, योजनाबद्ध र व्यवस्थित बस्तीका रुपमा विकास गर्न प्राविधिक अध्यय्न पूरा भइसकेको उनको  भनाइ थियो। प्राविधिक टोलीको अध्ययनपछि खेती योग्य, आवास योग्य र खुला क्षेत्रका लागि जग्गा यकिन गर्दै आधुनिक बस्तीका रुपमा विकास गरिने प्रमुख सुवेदीले बताए ।

बुधबार बुटवल- १४ को बेलभरिया र १८ को मोतिपुर दुबौलीमा मात्रै करिब एक सय ५० घर परिवारलाई लालपुर्जा वितरण गरिएको छ। यसअघि बुटवल-१५ मा ४८ परिवार, १६ मा ६३ परिवार, १७ मा ९० तथा १८ मा १ सय ४७ परिवारलाई पुर्जा वितरण गरिएको थियो।

बुटवल-१४ को सेमलार बेलभरिया र मोतिपुरको दुबैलीमा५८ जना घरपरिवारलाई लालपुर्जा वितरण गरिएकाे छ। उक्त वडामा यसअघि १ सय ५६ घरधनीलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिसकिएको छ। बुटवल १८ को दुबौलीमा बुधबारै ८७ वटा लालपुर्जा वितरण गरिएको थियो।

 

 


Leave a Reply

Your email address will not be published.