जोन्टा क्लबलाई एभरेष्ट बैंकको साढे २ लाख सहयोग

जोन्टा क्लबलाई एभरेष्ट बैंकको साढे २ लाख सहयोग

एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौँलाई २ लाख ५० हजारको चेक  हस्तान्तरण गरेको छ। 

बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जिके नेगीले जोन्टा क्लब काठमाडौँकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन्।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थालाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप कोरोना महामारीमा मुख्य रुपमा प्रभावित भएका ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने  उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार