भारतमा कृषि कानुनविरुद्धको आन्दाेलन झनै चर्किने, सरकारी प्रस्ताव ठाडै अस्वीकार

भारतमा कृषि कानुनविरुद्धको आन्दाेलन झनै चर्किने, सरकारी प्रस्ताव ठाडै अस्वीकार

भारतमा कृषि कानुविरुद्ध जारी किसान आन्दाेलन अझै चर्किने भएकाे छ। तीनवटै कानुन फिर्ता लिनुपर्ने मागसहित आन्दाेलनरत किसानले मंगलबार भारत बन्द गरेकामा आन्दाेलन कायमै राखेका छन्।

केन्द्र सरकारले आन्दाेलन फिर्ता लिन बुधबार बिहान प्रस्ताव पठाएकाेमा प्रदर्शनरत किसानहरुले ठाडै अस्वीकार गरेका छन्। उनीहरुकाे माग छ- कानुन फिर्ता हाेस्।

कृषि कानुन रद्द नहुन्जेलसम्म आन्दाेलन जारी रहने किसान नेताहरुले बताएकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनीहरुले १४  डिसेम्बर अर्थात मंसिर २९ गते  देशभर धर्ना र प्रदर्शनकाे कार्यक्रम सार्वजनिक गरेका छन् भने भारतकाे राजधानी  दिल्लीकाे सडकमा चक्काजाम गर्ने भएका छन्।

यसैगरी,  दिल्ली-जयपुर, दिल्ली-आगरा हाइवे मंसिर २७ गतेबाट ठप्प गर्ने, देशभर आन्दाेलन चर्काउने घाेषणा गरिएकाे छ।


Leave a Reply

Your email address will not be published.