चीनले भन्याे : नेपाल-चीन सम्बन्ध हिउँ झैं पवित्र 

चीनले भन्याे : नेपाल-चीन सम्बन्ध हिउँ झैं पवित्र 

चीनले सगरमाथाको नयाँ उचाइ नेपाल-चीन सम्बन्धमा कोशेढुंगा साबित भएको बताएको छ।

विश्वकै सर्वाेच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गरिएको भोलिपल्ट बुधबार पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले  ‘काेभिड-१९ महामारीबीच यो शुभ समाचारले संसारका लागि आशा ल्याएको’ बताएका हुन्। मंगलबार सार्वजनिक विवरण अनुसार सगरमाथाको नयाँ उचाइ ८८४८ दशमलव ८६ मिटर छ।  

प्रवक्ता लिजानले नेपाल र चीनको मित्रवत सम्बन्ध हिउँ हिउँ झैं पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुने अपेक्षा समेत गरेको बताए।

उनले नेपाल र चीनझै अन्य देशले पनि सहकार्य गरे कोभिड-१९ भाइरसलाई हराउन सक्ने बताए। ‘कोभिड–१९ अझै पनि विश्वमा कहरको रुपमा छ, नेपाल–चीनजस्तै सहकार्य गर्ने हो भने हामी भाइरसलाई पराजित गर्न सक्छौँ।’


Leave a Reply

Your email address will not be published.

थप समाचार