रियल र सिटीले जित निकाल्दा लिभरपुल बराबरीमा रोकियो

रियल र सिटीले जित निकाल्दा लिभरपुल बराबरीमा रोकियो

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएका समूहका अन्तिम खेलहरुमा रियल मड्रिड र म्यान्चेस्टर सिटीले जित निकाल्दा लिभरपुलले भने बराबरी खेलेको छ। 

यी तीनै टोली आ–आफ्नो समूहका विजेतासमेत बनेका छन्।

रियलले शीर्ष १६ मा स्थान बनाउन जित आवश्यक रहेको समयमा बोरुसिया मोनचेनग्लाडब्याकलाई २–० ले पराजित गर्यो। 

रियलका लागि करिम बेन्जेमा नायक बने। दुबै गोल उनले पहिलो हाफमा गरे। नवौं मिनेटमा लुकासको क्रसमा बेन्जेमाले हेडगर्दै गोल गरे। त्यसको चार मिनेटपछि नै बेन्जेमाले अर्को गोल पनि हेडिङमार्फत नै थप्दै टोलीको अग्रता दोब्बर पारे। यसपटक भने उनलाई रोड्रिगोले पास उपलब्ध गराएका थिए। 

जितसँगै समूह बीमा रहेको रियलले ६ खेलबाट १० अंक जोड्दै नकआउट चरण प्रवेश पायो।

यता, समूह सीमा रहेको इंग्लिस क्लब सिटीले पनि समूहको अन्तिम खेलमा जित निकाल्यो। अन्तिम खेल अघि नै शीर्ष १६ मा स्थान पक्का गरिसकेको उसले मार्सेलीलाई ३–० ले पराजित गर्यो। सिटीका लागि फेरन टोरेसले ४८ औं र सर्जियो अगुइरोले ७७ औं मिनेटमा गोल गरे। एक गोल भने सिटीले उपहार पाएको थियो। मार्सेलीका अल्भारो गोन्जालेजले ९० औं मिनेटमा आत्मघाती गोल गरेका थिए। 

लिभरपुलले भने समूहको अन्तिम खेलमा बराबरीमा चित्त बुझाउनु परेको छ। मोहम्मद सलाहको गोलमार्फत खेल सुरु भएको पहिलो मिनेटमै अग्रता बनाएको इंग्लिस क्लब लिभरपुलले ६२ औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल खान पुग्यो। लिभरपुलका गोलरक्षकले विपक्षी खेलाडीमाथि फल गरेपछि भिएआरको सहायतामा पाएको पेनाल्टीको अवसरमा एलेक्जेन्डरले गोल गरेका थिए।

Image


Leave a Reply

Your email address will not be published.

थप समाचार