रहेनन् १९८२ को विश्वपकप इटालीलाई दिलाउने नायक पाउलो रोसी 

रहेनन् १९८२ को विश्वपकप इटालीलाई दिलाउने नायक पाउलो रोसी 

इटालीका चर्चित फुटबल खेलाडी पाउलो रोसीको निधन भएको छ। 

उनको बिहीबार (आज) ६४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

स्ट्राइकर पाउलोले सन् १९८२ मा भएको विश्वकप फुटबलको उपाधि इटालीलाई दिलाउन खेलेको महत्वपूर्ण भूमिकालाई सायदै खेल समर्थकले बिर्सेलान। उनले उक्त विश्वकपको सर्वाधिक गोलकर्ता हुँदै गोल्डेन बुटसमेत प्राप्त गरेका थिए। उनले कुल ६ गोल गरेका थिए।

उक्त विश्वकपमा आफ्नो टोलीलाई फाइनल पुर्याउने क्रममा उनले पोल्याण्डविरुद्धको सेमिफाइनल खेलमा एक्लैले दुई गोल गरेका थिए। जसमा इटाली २–० ले विजयी हुँदै फाइनल यात्रा तय गरेको थियो।

फाइनलमासमेत उनले आफ्नो खेलको जादु देखाए। उनले उपाधि भिडन्तमा वेस्ट जर्मनीलाई पराजित गर्न एक गोल गरे। सो खेलमा इटाली ३–१ ले विजयी भएको थियो। 

Rossi was the goalscoring star of Italy's successful 1982 World Cup campaign in Spain (above)

यतिमात्र होइन सोही विश्वकपको समूह चरणको खेलमा उनले बलियो ब्राजिललाई पराजित गर्न ह्याट्रिकसमेत गरेका थिए। उनले सोही वर्ष ब्यालोन डि ओर अवार्डसमेत जिते।

उनले इटालीका लागि ४८ खेल खेल्दा २० गोल गरेका छन् भने क्लबका तर्फबाट ३ सय ३८ खेल खेल्दा १ सय ३४ गोल गरेका छन्। उनले सन् १९८७ मा फुटबलबाट सन्यास लिएका थिए। उनी आफ्नो समयका सर्वोत्कृष्ट स्ट्राइकरका रुपमा समेत चिनिन्छन्।

उनी युभेन्टस र एसी मिलानका पूर्वखेलाडीसमेत हुन्। 

Paolo Rossi


Leave a Reply

Your email address will not be published.