विद्यार्थी बलात्कार गरी गर्भवती बनाएर शिक्षक फरार 

विद्यार्थी बलात्कार गरी गर्भवती बनाएर शिक्षक फरार 

विद्यार्थीलाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएर झापाका एक शिक्षक फरार भएका छन्। फरार हुने व्यक्ति सेन्ट स्टार मार्क हुन्।

दमकस्थित ग्रीन वे नामको एक निजी विद्यालयका शिक्षकले कक्षा ७ मा अध्ययन गर्ने १४ वर्षीया बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

बालिका विद्यालयको होस्टेलमा बस्दै आएकी थिइन्। प्रहरीका अनुसार अभियुक्त  शिक्षक भारतीय नागरिक हुन्। उनी हाल फरार छन्। उनी भारत छिरीसकेको हुनसक्ने प्रहरीको अनुमान छ।

उनको खोजी भइरहेको छ। घटना सार्वजनिक भएसँगै प्रहरी अनुसन्धानमा जुटेको छ। बालिका हाल परिवारकै साथमा रहेकी छिन्। 

बालिकाको पेटमा दुई महिनाको गर्भ रहेको बताइएको छ।

प्रहरीकोमा उजुरी ढिलोगरी आएकाले ति व्यक्ति फरार भएको हुनसक्ने इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।
 


Leave a Reply

Your email address will not be published.