भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल

भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा. विष्णुदत्त पौडेल

झापा भद्रपुर नगरपालिका–७ का डा. विष्णुदत्त पौडेललाई सरकारले भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको छ।

केहीदिन अघि बसेको मन्त्रिपरिषद बैठकले डा. पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो।

अर्बुद रोग निवारण गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको अस्पताल संघीय सरकारले जिम्मेवारी लिएपछि मन्त्रिपरिषदको बैठकले क्यान्सर रोग विशेषज्ञ डा. पौडेललाई निर्देशकमा चयन गर्ने निर्णय गरेको थियो।

गत कात्तिक २४ गतेको मन्त्रिपरिषद बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो।
 


Leave a Reply

Your email address will not be published.