प्रदेश २ लोक सेवाले पहिलोपटक खोल्यो विज्ञापन

प्रदेश २ लोक सेवाले पहिलोपटक खोल्यो विज्ञापन

प्रदेश २ लोक सेवाले कर्मचारी भर्ना गर्न पहिलोपटक विज्ञापन खोलेको छ।

गठन भएको एक वर्षपछि प्रदेश लोक सेवा आयोगले कर्मचारी भर्ना दरखास्त आह्वान गरेको हो।

आयोगले २०७७ असोज १२ को प्रदेश मन्त्रिस्तरीय निर्णयअनुसार राजपत्राङ्कित तृतीय श्रेणी वा सातौं नेपाल इन्जिनियरिङ्ग सेवा तर्फका प्राविधिक कर्मचारीका लागि दरखास्त आह्वान गरिएको जनाएको छ।

मन्त्रिपरिषदको बैठकले लोक सेवा आयोगलाई प्राविधिक कर्मचारीहरु भर्ना गर्न स्वीकृति दिएपछि स्थायी दरबन्दीका लागि खुला, महिला, आदिवासी जनजाति, दलित, महिलासहित विभिन्न समूह गरी २४ जनाका लागि दरखास्त आह्वान गरिएको आयोगका सचिव दीपक कर्णले जानकारी दिए।

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले माग गरे अनुसार कर्मचारी भर्ना दरखास्त आह्वान गरिएको कर्णले बताए।

आयोगले हाइवे, स्यानिटरी, सिँचाई, विल्डिङ एण्ड आर्किटेक्ट, जियोलोजि, हाइड्रोलोजिलगायतका क्षेत्रका प्राविधिक भर्ना गर्न लागेको कर्णले जानकारी दिए।

प्रदेश लोक सेवा आयोगले पुस १५ सम्म दरखास्त दिन सकिने जनाएको छ। यस्तै दोब्बर दस्तुर तिरी पुस २२ सम्म पनि दरखास्त दिन सकिने छ।

No description available.


Leave a Reply

Your email address will not be published.