१८ औं संस्करणको ‘किम्फ’ आजदेखि सुरु, भर्चुअल रुपमा प्रस्तुत हुने

१८ औं संस्करणको ‘किम्फ’ आजदेखि सुरु, भर्चुअल रुपमा प्रस्तुत हुने

काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १८ औं संस्करण आजदेखि सुरु भएको छ।

मंसिर २५ देखि २९ सम्म (डिसेम्बर १० देखि १४) आयोजना हुने किम्फ यसवर्ष कोरोना महामारीका कारण भर्चुअल रुपमा प्रस्तुत हुनेछ।

कोरोना महामारीले निम्त्याएको संकटसँग जुध्दै अगाडि बढ्ने आशासहित यसवर्षको नारा ‘तमसोमा ज्योतिर्गमय’ राखिएको छ। 

यसवर्ष अन्तर्राष्ट्रिय खण्डमा १८ र नेपाल पानोरामा अन्तर्गत १३ कथानक र डकुमेन्ट्री प्रस्तुत गरिने किम्फका अध्यक्ष वसन्त थापाले जानकारी दिए।

अन्तर्राष्ट्रिय खण्डमा पहिलो, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः २ लाख, १ लाख ५० हजार र १ लाख पुरस्कार पाउनेछन्। उत्कृष्ट नेपाली कथानक र डकुमेन्ट्रीले १ लाख र ७५ हजार प्राप्त गर्नेछन्।

यसवर्ष किम्फमा प्रस्तुत हुने फिल्म हेर्न शुल्क तिर्नुपर्ने छैन। सबै फिल्म वेबसाइटबाटै हेर्न पाइनेछ। एउटा फिल्म प्रदर्शन भएको पाँच दिनसम्म दर्शकले हेर्न पाउनेछन्।


Leave a Reply

Your email address will not be published.