ओरालो लाग्यो सुन र चाँदीको मूल्य

ओरालो लाग्यो सुन र चाँदीको मूल्य

स्थानीय बजारमा आज पहेँलो धातु सुनको मूल्य प्रतितोला रु ९ सयले ओरालो लागेको छ। आज छापावाला सुनको मूल्य प्रतितोला रु ९२ हजार ५ सय तोकिएको छ। बुधबार छापावाला सुन प्रतितोला रु ९३ हजार ४ सयमा कारोवार भएको थियो।

यस्तै तेजाबी सुनसमेत प्रतितोला रु ९ सयले ओरालो लागेको छ। बुधबार प्रतितोला रु ९२ हजार ९५० मा कारोवार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९२ हजार ५० मा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ। बुधबार प्रतितोला रु १ हजार २ सय १५ मा कारोवार भएको चाँदी आजका लागि भने प्रतितोला रु १ हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


Leave a Reply

Your email address will not be published.