बलात्कारपछि ७० वर्षीया वृद्धाको हत्या

बलात्कारपछि ७० वर्षीया वृद्धाको हत्या

झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा ७० वर्षीया वृद्धाको बलात्कार पछि हत्या भएको छ। झापा अर्जुनधारा–११ कि माइना हस्दाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

चारआली सडकखण्डको कल्भर्टमूनी ति महिलाको शव भेटिएको प्रहरीले जनाएको छ। हत्या आरोपमा भद्रपुर नगरपालिका-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए। 

हत्या गरेर शव भेटिएको छ भनेर स्वयम् बिर्जाले प्रहरीलाई सूचना गरेका थिए। शंका लागि सोधखोज गर्दा बिर्जाले बलात्कार पछि आफूले नै हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

उनले वृद्धाको घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन्।


Leave a Reply

Your email address will not be published.