२९ गतेको विरोध प्रदर्शन सफल बनाउन कार्यकर्तालाई कांग्रेसको आह्वान

२९ गतेको विरोध प्रदर्शन सफल बनाउन कार्यकर्तालाई कांग्रेसको आह्वान

नेपाली कांग्रेसले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी बनाउन कार्यकर्तालाई आह्वान गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकले मंसिर २९ गतेको विरोध प्रदर्शनमा कार्यकताहरूलाई सडकमा आउन आह्वान गरेको हो।

सरकारविरुद्ध हुने प्रदर्शनमा ठूलो संख्यामा सडकमा आउन बैठकले आह्वान गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए। 

‘मंसिर २९ गते घोषणा गरिएको विरोध कार्यक्रमलाई केन्द्रित गरेर बैठकमा छलफल भएको छ,’ महतले भने, ‘विरोध प्रदर्शनलाई सफल बनाउन बढीभन्दा बढी संख्यामा सडकमा उत्रन कार्यकर्तालाई आग्रह गरेको छ।’

मंसिर २९ गतेको विरोध प्रदर्शन प्रारम्भिक रहेको बताउँदै उनले आगामी दिनमा सरकारविरुद्ध थप कार्यक्रम घोषणा गर्ने तयारी रहेको उल्लेख गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुँमा भएको धरपकडकाे निन्दा गरेकाे कांग्रेसले कोभिड रोकथाम तथा नियन्त्रणमा लापरबाही भएकाे, भ्रष्टाचार नियन्त्रण गर्न नसकेकाे, संसद बैठक आह्वान गर्नुपर्ने लगायतका माग राख्दै  २९ गते देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published.