मुलुकलाई अस्थिरतामा धकेल्न फेरि राजतन्त्रको अजेन्डा अगाडि सारियो : अध्यक्ष केसी

मुलुकलाई अस्थिरतामा धकेल्न फेरि राजतन्त्रको अजेन्डा अगाडि सारियो : अध्यक्ष केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई अस्थिरतामा धकेल्न फेरि राजतन्त्रकाे अजेन्डा अगाडि सारिएकाे बताएका छन्।

पछिल्लाे पटक राजतन्त्रका नाममा मुलुकका विभिन्न क्षेत्रमा भएकाे प्रदर्शनबारे उल्लेख गर्दै केसीले राजतन्त्रका नाममा भएका प्रदर्शन अस्थिरताका निम्ति अगाडि सारिएको नयाँ अजेन्डा भएको पनि बताए।

राष्ट्रिय जनमोर्चाले बुटवलमा आयोजना गरेको विरोध सभामा केसीले नेपालमा अस्थिरता चाहने शक्तिले संघीयताको मुद्दा ल्याएकामा अहिले फेरि ‘राजा आउ, देश बचाउ’ र हिन्दु राष्ट्रको मुद्दा अगाडि सारिएको बताएका हुन्।

सत्तामा रहेका दलहरूका कारण राजावादीहरू सल्बलाएको र जनताले गणतन्त्र अनुभुति गर्न नपाएको उनले बताए। केसीले सत्तामा रहेर भष्ट्राचारमा लिप्त हुने, आफ्ना मान्छेको मात्रै भलो हुने गरी काम भएको र प्रतिपक्ष पनि भागवण्डामा सामेल हुँदा देश समृद्धितर्फ जान नसकेको बताए।


Leave a Reply

Your email address will not be published.