भक्तपुरका विद्यालय पुस १ गतेदेखि खुल्ने 

भक्तपुरका विद्यालय पुस १ गतेदेखि खुल्ने 

भक्तपुरका विद्यालयमा पुस १ गतेदेखि  पठनपाठन हुने भएको छ। 

भक्तपुर नगरपालिका बिहीबारको बैठकले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा ८, ९, १० कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापतिले नगरभित्रका विद्यालयमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर आलोपालो कक्षा सञ्चालन गरिने बताए। 

१ सयभन्दा कम विद्यार्थी भएका सामुदायिक तथा संस्थागत विद्यालयको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको हो।

साथै, अनलाइन कक्षालाई पनि निरन्तरता दिइने भएको छ।

विद्यालयले अनलाइन तथा भर्चुअल विधिबाट वैकल्पिक कक्षा सञ्चालन गरिरहेकोमा शिक्षा मन्त्रालयबाट स्वीकृत विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा-२०७७ बमोजिम कक्षा सञ्चालन गर्न लागेको उनले जानकारी गराए।

सामुदायिक एवं संस्थागत विद्यालयले कक्षा सञ्चालन सम्बन्धमा विद्यालय व्यवस्थापन समिति बैठक, शिक्षक-कर्मचारी बैठक, विद्यार्थी र अभिभावकसँग सरसल्लाह गरेको बैठकको निर्णयको फोटोकपीसहित मङ्सिर मसान्तभित्र विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गर्नुपर्ने छ।


Leave a Reply

Your email address will not be published.