महिला पत्रकारको गोली हानी हत्या

महिला पत्रकारको गोली हानी हत्या

अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ। 

जलालाबादमा रहेको कार्यालय जाने क्रममा मलाला माइवन्डलाई गाडीमा गोली हानिएको थियो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि मृत्यु भएको छ। 

कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएका छैनन्।

माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्। उनी नागरिक समाजकी अभियान्ता पनि हुन्। केही समय अगाडि उनले अफगानिस्तानमा महिला पत्रकारका चुनौतिबारे बोलेकी थिइन्। 

उनकी आमा पनि अभियान्ता नै थिइन्। उनको पनि अपरिचित बन्दुकधारीहरुले पाँचवर्ष अगाडि हत्या गरेका थिए। 

अफगानिस्तानका लागि बेलायती दुतावासले घटनाको निन्दा गरेको छ। प्रेस स्वतन्त्रताका लागि सबै एक हुनुपर्ने र यो घटनाको अनुसन्धान गरेर अपराधिलाई सजाय दिनुपर्ने दुतावासले ट्वीट गरेर भनेकाे छ।

गत महिना टेलिभिजन प्रस्तोता यामा सियावशको हत्या भएकाे थियो। उनीसँगै अन्य दुईजना पनि बम विस्फोटमा मारिएका थिए।

त्यस्तै लस्कर गाहमा बम विस्फोटकै कारण अलियास दाइको हत्या भएको थियो। उनी रेडियो लिर्बर्टीमा काम गर्थिन्। महिला फिल्म निर्देशक साबा सहरलाई लक्षित गरी काबुलमा गोली हानिएको थियो। तर, उनी आक्रमणबाट जोगिइन्। 

अफगान सरकार र तालिवानबीच दोहामा भइरहेको वार्ताको क्रममा पछिल्लाे घटना भएको हो। दुवै पक्षको प्रारम्भिक मुद्दाबारेमा केही प्रगति भइरहेको छ। तर, शक्ति बाँडफाँट सम्झौताबारे छलफल हुन सकेको छैन। 
 

बिबिसीबाट


Leave a Reply

Your email address will not be published.