बारपाक सुलिकोट गाउँपालिकाले कृषिका लागि १० लाखसम्म कर्जा दिने

बारपाक सुलिकोट गाउँपालिकाले कृषिका लागि १० लाखसम्म कर्जा दिने

बारपाक सुलिकोट गाउँपालिकाले कृषि तथा पशुपालनका लागि १० लाख रुपैयाँसम्म कर्जा दिने भएको छ।
त्यसका लागि सुलिकोटले ग्लोबल आइएमई बैंक लिमिटेडसँग सहकार्य गरेको छ।

कृषि तथा पशुपालन कर्जा दिने सम्बन्धी समझदारीपत्रमा  गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टसँगै  प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंक बारपाक शाखा प्रबन्धक प्रदीप गुरुङसँगै सुपरभाइजर तेजबहादुर थापाले संयुक्तरूपमा हस्ताक्षर गरे।

समझदारी अनुसार बैंकले आवश्यक प्रकृया पुरा गरेका कृषकलाई परियोजनाको विशलेषणगरी न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कर्जा प्रदान गर्नेछ।

मुलुकको कूल ग्राहस्थ उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा करिब ६५ प्रतिशत आश्रित छन्। 


Leave a Reply

Your email address will not be published.