काेभिडले ठप्प हवाइसेवा सुचारु गर्ने नेपाल-भारतबीच सहमति

काेभिडले ठप्प हवाइसेवा सुचारु गर्ने नेपाल-भारतबीच सहमति

कोरोना भाइरस (काेभिड-१९) महामारीका कारण गत चैतदेखि बन्द भएको नेपाल-भारत हवाइसेवा सुचारु हुने भएको छ।

दुवै देशका सरकारले दिल्ली-काठमाडौं रुटमा नियमित निर्धारित उडान थाल्न दिने अनुमति दिएसँगै हवाइसेवा सञ्चालन हुन लागेको हो।

कोभिड-१९ का कारण बन्द हवाइसेवा पुनः सुरु गर्ने निर्णय भएको काठमाडौंस्थित भारतीय दूतावासले जानकारी दिएकाे छ। 'दुवै सरकारले ‘एयर ट्रान्सपोर्ट बबल सयन्त्र’ अन्तर्गत दिल्ली-काठमाडौं नियमित निर्धारित उडान पुनः सुरु गर्न अनुमोदन गरेका छन्,’ भारतीय दूतावासले भनेको छ।

तत्काल काठमाडौं- दिल्ली रुटमा नेपाल एयरलाइन्स र एयर इन्डियाका विमानमात्र सञ्चालन हुने दूतावासले बताएको छ।


Leave a Reply

Your email address will not be published.