भक्तपुरमा तार भूमिगत गरिने, सडक बत्ती जडान हुने

भक्तपुरमा तार भूमिगत गरिने, सडक बत्ती जडान हुने

भक्तपुरमा टेलिफोन, केबुलका तार भूमिगत गर्ने गरी दीर्घकालीन योजना अगाडि बढाइने भएको छ।

पुराना पोल स्थानान्तरण तथा तार र केबुल व्यवस्थापन गर्ने विषयमा बिहीबार बसेको बैठकले तारलाई दीर्घकालीन रुपमा व्यवस्थित योजना सार्दै तार भूमिगत गर्ने निर्णय गरेको हो।

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले अव्यवस्थित तारका कारण नगरको स्वरूपलाई कुरूप बनाइरहेकाले दीर्घकालीन योजना अगाडि बढाइन लागिएको बताए।

भक्तपुर नगरपालिकाले विभिन्न ठाउँमा नयाँ पोल जडानका क्रममा कुनै पनि बाधा अवरोध नहोस् भनेर सम्बन्धित सरोकारवालासँग समन्वय गरी छलफल चलाउँदै आइरहेको उनले बताए।

बैठकले भक्तपुर नगरका सडक बत्ती जडान गर्ने स्थानमा विभिन्न सेवा प्रदायकको तार-केबुल झुन्डिएका, लत्र्रिएका, बढी भएका, छरपष्ट अव्यवस्थित केबुललाई सम्बन्धित निकायबाट व्यवस्थित गर्न लगाउने निर्णय गरेको हो।

बढी भएका काम नलागेका पोल हटाउने र आवश्यक स्थानमा सम्बन्धित निकायको निश्चित मापदण्डभित्र रही नयाँ पोल व्यवस्था गरी सडक बत्ती जडान गर्ने निर्णय पनि भएको छ। 
 


Leave a Reply

Your email address will not be published.