इसेवाको उपहार योजनाबाट प्युठानका मनोजले जिते टिभिएसको मोटरसाइकल

इसेवाको उपहार योजनाबाट प्युठानका मनोजले जिते टिभिएसको मोटरसाइकल

भुक्तानी सेवा प्रदायक इसेवाले दसैं, तिहार र छठलाई लक्षित गरी सार्वजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका विजेता घोषणा गरिएको छ।

उपहार योजनाबाट प्युठान रानीकमला धर्मावती-२ का मनोज केसीले टिभिएस अपाची आरटिआर मोटरसाइकल जितेका छन्। बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गोलाप्रथाबाट विजेता सार्वजनिक गरिएको हो। 

अन्य १३ जनाले पनि दराज, मिसिओ, मिनिसो, एसिडिसीका तर्फबाट विभिन्न पुरस्कार जितेका छन्। मंसिर ५ गतेसम्म सञ्चालित यस योजनामा साप्ताहिक रुपमा सयौँ जना आकर्षक पुरस्कार जित्न सफल भएका थिए। सम्पूर्ण विजेताहरुको विवरण ब्लग डट इसेवा डटकम डट एनप र इसेवाको फेसबुक पेजमा सार्बजनिक गरिएको छ। 

यस उपहार योजनामा इसेवाले मिसिओ, मिनिसो, केकेफसी, टिएफटी, दराज, बेननेभिज, एसिडिसी,भोज, भिजन तथा ग्यापु जस्ता चर्चित ब्राण्डसँग सहकार्य गरेको थियो। 

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ।

इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकमजम्मागर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।


Leave a Reply

Your email address will not be published.