दराजले घाेषणा गर्‍याे २०२० काे अन्तिम सेल १२.१२, सामसुङ एस-२० एफई जित्ने अवसर

दराजले घाेषणा गर्‍याे २०२० काे अन्तिम सेल १२.१२, सामसुङ एस-२० एफई जित्ने अवसर

अनलाइन बजार, दराजले सन् २०२० को अन्तिम सेल 'दराज १२.१२' घोषणा गरेको छ। यो सेल मंसिर २७ गते मध्यरातदेखि पुस ३ गतेसम्म कायम हुनेछ।

१२.१२ मा दराज उपभोक्तले विशेष छुटका साथ भोचर र बैंक कार्ड मार्फत थप छट पाउने छन्।

यस अभियानमा सानिमा बैंक, माछापुच्छ्रे बैंक र सिटिजन बैंकका क्रेडिट र डेबिट कार्ड धारकले कार्ड प्रिपेमेन्टमा १२ प्रतिशत (अधिकतम १ हजार २ सय १२) सम्मको छुट पाउनेछन्।

यसबाहेक, उपभोक्ताले 'मेगा गिभअवे' को रुपमा ६९ हजार ९ सय ९९ को नयाँ सामसुङ ग्यालेक्सी एस-२० एफई जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ।

साथै उपभोक्ताले गेममा भाग लिएर नयाँ मोटोरोला इ-प्लस लगायत अन्य उत्पादन मात्र १  रुपैयाँमा जित्न सक्नेछन्।

त्यस्तै, १२.१२ मा मोटोरोलाले मोटोरोला इसेभन प्लस र मोटोरोला जी प्ले दराज मार्फत लन्च गर्दै छ। उक्त फोनमा खरिदकर्तालेकार्ड मार्फत १२ प्रतिशतको अतिरिक्त छुटसँगै निःशुल्क होमडेलिभरीको सुविधा पाउने छन्।

दराज नेपालका प्रबन्ध निर्देशक, लिनो अलरिङले भने, 'दराज ११.११ दराज को लागि मात्र नभई विशेष गरी साना आकारका उद्यम र स्थानीय विक्रेताका लागि एकदमै सफल अभियान रहेको थियो। यस प्रकारको सेल अभियानले स्थानीय विक्रेता र एसएमईलाई बढावा दिन राम्रो प्लेटफर्मको रूपमा काम गर्दछ र ग्राहकलाई पनि सुरक्षित र उत्तम सपिङ अनुभव प्रदान गर्दछ।' 
 
 

 


Leave a Reply

Your email address will not be published.