एफएनसिसिआईले प्रधानमन्त्रीलाई भन्यो- चन्दा आतंक बढ्यो

एफएनसिसिआईले प्रधानमन्त्रीलाई भन्यो- चन्दा आतंक बढ्यो

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का नवनिर्वाचित पदाधिकारीले भेट गरेका छन्।

महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले प्रधानमन्त्री ओली समक्ष महासंघको नयाँ नेतृत्व 'सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माण' का लागि ‘भिजन पेपर’ तयारीमा लागेको जानकारी गराएको थियो।

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए।

उनले केही समयदेखि उद्योगमा विभिन्न माग राखी उद्योग बन्द काम भएको, जिल्लाका उद्यमी व्यवसायीबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोबल समेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने सुझाव दिए।

प्रधानमन्त्री ओलीले सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैँ तयार रहेकोबताएका थिए। ‘तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस्, के सहयोग गर्नुपर्छ म आफै पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत चाहेको सहयोग हुन्छ,’ प्रधानमन्त्रीले भने। व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिएका ओलीले स्वदेशी उत्पादन प्रवर्द्धनमा लाग्न समेत आग्रह गरे।
 


Leave a Reply

Your email address will not be published.