क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्वीकार्य हुँदैन : मन्त्री ज्ञवाली

क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्वीकार्य हुँदैन : मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गौतम बुद्धका उपदेशको अनुसरण गर्दै विश्वलाई नै निशस्त्रीकरणतर्फ लैजानुपर्ने बताएका छन्।

हतियारको व्यापारले विश्वमा शान्ति कायम हुन नसक्ने भन्दै उनले हरेकले अतिवाद त्यागेर अघि बढ्नुपर्ने बताए।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषय गोष्ठीमा भर्चुअल रुपमा सम्बोधन गर्दै मन्त्री ज्ञवालीले अतिवादकै कारण मुलुकहरु द्वन्द्वमा फसेको बताए।

मोरङमा भएको शिक्षक हत्याको प्रसंगमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकलाई अशान्त बनाउने योजना सफल नहुने बताए। क्रान्तिका नाममा मानवमाथिको बर्बरता स्वीकार्य नहुने भन्दै उनले सरकारले यस्ता गतिविधि निस्तेज पार्ने दाबी गरे।

एउटाले अर्काको अस्तित्व नस्वीकार्ने परिपाटी कायम छ, यसलाई त्याग्नुपर्छ,’ उनले भने, ‘अर्बाै रुपैया खर्चेर हतियारमा बलियो हुने दौड रोक्नुपर्छ। गरिबी निवारण र स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्छ।’ बुद्धका उपदेश अनुसरण गरे विश्व शान्ति कायम हुन सक्ने उनले बताए । 


Leave a Reply

Your email address will not be published.