फिफा वरियतामा नेपाल यथावत

फिफा वरियतामा नेपाल यथावत

नेपालको फुटबल वरियता यथावत रहेको छ। विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१ औं स्थानमा यथावत रहेको हो।

बंगलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरियता यथावत रहेको छ। बंगलादेश फिफा वरियतामा दुई स्थान तल झरेको छ। गत साता बंगलादेश विश्वकप छनोटअन्तर्गत कतारसँग पराजित भएको थियो।

दक्षिण एसियाली देशमध्ये भारत १०४ औं स्थानमा, माल्दिभ्स १५५, बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलंका २०६ औं स्थानमा रहेका  छन्। 

फुटबलको विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ। फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्याण्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं तथा इटाली १० औं स्थानमा रहेका छन्।
 


Leave a Reply

Your email address will not be published.