‘योमरी’ ले मास्टर्स सेफको फाइनलमा पुर्‍यायो सन्तोषलाई

‘योमरी’ ले मास्टर्स सेफको फाइनलमा पुर्‍यायो सन्तोषलाई

सन्तोष साह बिबिसीबाट प्रशारण भइरहेको 'मास्टर्स सेफ : द प्रोफेसनल' प्रतियोगिताको अन्तिम राउण्डमा पुगेका छन्। सेमिफाइनल राउण्डबाट उनी अन्तिम चरणमा प्रवेश गरेका हुन्। 

पछिल्ला दुई राउण्डमा नेपाली खानाका परिकारहरु बनाएर निर्णायकहरुलाई खुसी पारेका उनले यसपटक भने नेवारी परिकार योमरीसँगै चिल्ली चिकेन र पिरो-अमिलो सुप बनाएर निर्णायकलाई खुसी बनाए। साहले  नेपाली तरुल, स्याउको चटनी र ज्याक फ्रुट सिड पनि बनाएका थिए। 

यसअघिको राउण्डमा उनले नेपाली खानाको साथमा पोलेको माछा, सिमी र गोलभेंडाको अचार, आलुको अचार र करेलाको अचार बनाएर निर्णायकको मन जितेका थिए। उनले ढुंग्रीमा आलुको अचार राखेर पनि बनाएका थिए। निर्णायक मोनिकाले सन्तोषले बनाएको करेलाको अचार एकदमै मन पराएकी थिइन् र उक्त अचारलाई स्टार अचारको नाम दिएकी थिइन्। 

त्यस्तै, उनले समुद्री माछाको परिकार पनि बनाएका थिए। लब्स्टर, अक्टोपसमा नेपाली फ्लेबर हाल्न सिस्नु, गान्टेमुला र विभिन्न खालका अचार र खसीको मासु पनि पकाएका थिए।

हाल भइरहेको मास्टर सेफ कार्यक्रम १३ औं संस्करण हो। उक्त कार्यक्रम बिबिसी वान च्यानलमा गत नोभेम्बर १० बाट प्रशारण भएको हो। 

उक्त कार्यक्रमको सुरुवातमा ४८ जना सेफ सहभागी थिए। 

सेफले सीमित समयसिमा भित्र पकाएका खानेकुरा खाएर निर्णायकहरूले सबैभन्दा उत्कृष्ट खाना बनाउनेलाई मास्टर सेफ घोषणा गर्छन्।


Leave a Reply

Your email address will not be published.