सवारी दुर्घटनामा दुईको मृत्यु, ६ घाइते 

सवारी दुर्घटनामा दुईको मृत्यु, ६ घाइते 

झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

अर्जुनधारा नगरपालिका–११ सालवारीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको मे ११ प ६२५२ नम्बरको मोटरसाइकलले स्थानीय ३३ वर्षीय ललित चौधरीलाई ठक्कर दिएको थियो। चौधरीको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

त्यसैगरी झापाकै पाडाँजुगी गौरीगञ्ज सडकखण्डको गेउरियामा मालबाहक पिकअप दुर्घटना भएको छ। 

मे १ च ६४९७ को पिकअप पल्टिँदा भएको दुर्घटनामा चालक दमक–६ का २० वर्षीय रोहन यादवसहित ६ जना घाइते भएका छन्। मार्वल्स् बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिकअप भ्यानको चक्का खुस्केर दुर्घटना भएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए। 

गएराति नै पाँचथरको हिलिहाङ-५ दुबीचौरस्थित मेचीराजमार्गमा अमरपुरबाट काबेलीतर्फ जाँदै गरेको मे ४ प ८९४ नं मोटरसाइकल  दुर्घटना हुँदा चालक प्रविन कालिकोटेको मृत्यु भएको छ। हिलिहाङ–१ का २३ वर्षीय उनको पाँचथर जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
 


Leave a Reply

Your email address will not be published.