लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न थापा र लोहनी पुगे मेडिसिटी 

लिङ्देनको स्वास्थ्य अवस्था बुझ्न थापा र लोहनी पुगे मेडिसिटी 

अस्वस्थ भई मेडिसिटी अस्पतालमा उपचाररत राप्रपा नेता तथा सांसद राजेन्द्र लिङ्देनको स्वास्थ अवस्था बुझ्न पार्टी अध्यक्ष कमल थापा मेडिसिटी अस्पताल पुगेका छन्।

अस्पतालका डाक्टर दिप्तेश अर्याल र सिइओ पंकज बास्कोटाले अध्यक्ष थापालाई लिङ्देनको पछिल्लो स्वास्थ्य अवस्था बारे जानकारी गराएका थिए। 

अस्पतालले दिएको जानकारी अनुसार सांसद लिङ्देनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार भएर छ। पुनः कोभिड परीक्षणको लागि स्वाब लिइसकिएको छ। 

अस्पताल स्रोतका अनुसार अहिले लिङ्देनलाई अक्सिजन दिनु परेको छैन। 

थापासँगै अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी पनि अस्पताल पुगेर लिङ्देनको स्वास्थ्य अवस्था बारे जानकारी लिएका सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए।
 


Leave a Reply

Your email address will not be published.