अफगान सेनाको कारबाहीमा आठ तालिबानी लडाकुको मृत्यु

अफगान सेनाको कारबाहीमा आठ तालिबानी लडाकुको मृत्यु

अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा आठजना तालिबानी मारिएका छन्।

तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चारजना घाइते भएका त्यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ।

उक्त प्रान्तको साराइयाब क्षेत्रमा तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा कारबाहीमा थालिएको थियो। त्यस क्षेत्रमा केही समययतादेखि उनीहरुले आतंककारी क्रियाकलाप गरेका थिए। 

पछिल्लो समय अफगानिस्तानको सरकार र तालिबानी बीच कतारमा वार्ता सुरु भएको भनिएको भए पनि हिंसा भने रोकिएको छैन।

तालिबानीहरुले वार्ताका क्रममा युद्धविराम गरेको भने पनि उनीहरुले हिंसात्मक आक्रमण गर्न भने रोकेका छैनन्।


Leave a Reply

Your email address will not be published.