सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, को नेता कहाँ जाँदैछन्?

सरकारविरुद्ध कांग्रेसको प्रदर्शन, को नेता कहाँ जाँदैछन्?

सरकारविरुद्ध प्रदर्शनको घोषणा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शीर्ष  नेताहरूको सहभागीताको कार्यसूची तय गरेको छ।

कांग्रेसले मंसिर २९ गते  सरकारविरुद्ध देशव्यापी आन्दोलन घोषणा यसअघि नै गरिसकेको छ।

सरकारविरुद्धको विरोध प्रदर्शनमा सभापति शेरबहादुर देउवा मकवानपुर जाने छन्। सभापति देउवाका स्वकीय सचिव भानु देउवाले यसको पुष्टि गरे।

'चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा केन्द्रबाटै तय गरिएका छन्।

को नेता कहाँ जाँदैछन्?
वरिष्ठ नेता रामचन्द्र पौडेल-काठमाडौं

उपसभापति विमलेन्द्र निधि-भक्तपुर

महामन्त्री शशांक कोइराला-मोरङ

कोषाध्यक्ष सीतादेवी यादव-ललितपुर 

सहमहामन्त्री प्रकाशशरण महत-झापा

केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला-महोत्तरी

अर्नुनरसिंह केसी-कास्की

रामशरण महत- चितवन

 गोपालमान श्रेष्ठ- काभ्रे

प्रकाशमान सिंह- धनुषा

गगन थापा-कैलाली

प्रदीप पौडेल-कञ्चनपुर

एनपी साउद-अछाम


Leave a Reply

Your email address will not be published.