थप १ हजार ४४ मा कोरोना संक्रमण

थप १ हजार ४४ मा कोरोना संक्रमण

नेपालमा थप १ हजार ४४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँसगै नेपालमा काेराेना संक्रमितकाे संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेकाे छ। यद्यपि कुल संक्रमितमध्ये १२ हजार १ सय ४८ जना सक्रिय संक्रमित छन्।

पछिल्लाे २४ घन्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ।

पछिल्लाे २४ घन्टामा १ हजार २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ४ सय १४ जनाको पिसिआर परीक्षण भएको छ।

नेपालमा हालसम्म १८ लाख २० हजार ६ सय १८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published.