एक महिला कोठामा मृत फेला

एक महिला कोठामा मृत फेला

भक्तपुरमा एक महिला मृत फेला परेकी छिन्।

चाँगुनारायण नगरपालिका ४ फुलबारीमा डेरा गरी बस्दै आएकी ४३ वर्षीया अन्तरिमाया तामाङ कोठामा मृत भेटिएकी हुन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार काभ्रे घर भएकी  ती महिलाको शव उनकै कोठामा भेटिएको हो। 

स्थानीयले नेपाल प्रहरीको आपतकालीन सेवामा फोन गरेर घटनाबारे जानकारी गराएका थिए। 

उनको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल लगिएको छ।  यो घटनाका बखत डेरामा उनका ७ वर्षीया छोरी मात्र रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 उनका श्रीमान कामको सिलसिलामा काभ्रे जानेआउने गर्थे। घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको बुढाथोकीले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.