भक्तपुरमा तीन मोटरसाइकलसहित चार जना पक्राउ

 भक्तपुरमा तीन मोटरसाइकलसहित चार जना पक्राउ

भक्तपुरमा मोटरसाइकल चोरीको आरोपमा चारजना पक्राउ परेका छन्। 

प्रहरीले दोलखा सैलुङ गाउँपालिका-२ घर भई हाल सूर्यविनायक नगरपालिका-८ बस्दै आएका सोनाम वाईबा, फुर्बा घिसिङलाई बिहीबार पक्राउ गरेको हो। 

सोही घटनामा सञ्जिव तामाङ र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–२ घर भई हाल भक्तपुरको पुरानोठिमी बस्दै आएका जीवन तामाङ शुक्रबार पक्राउ परेका छन्।

भक्तपुर नगरपालिका–४ राममन्दिर र चाँगुनारायण नगरपालिका–९ ताथलीबाट मोटरसाइकल चोरी भएका थिए।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका- ९ ताथलीमा जाँच गर्ने क्रममा बिहीबार बा८३प ७७७३ नम्बरको मोटरसाइकलसहित दुई जनालाई प्रक्राउ गरेको थियो।

त्यस्तै, प्र३–०२–००८प७५८५ र प्र ३–०२–०१४प०५९४ नम्बरका मोटरसाइकलसहित थप दुई जना पक्राउ परेका थिए।
 


Leave a Reply

Your email address will not be published.