जब कलंकीमा ट्रकले आठ सवारीसाधनलाई ठक्कर दियो…

जब कलंकीमा ट्रकले आठ सवारीसाधनलाई ठक्कर दियो…

काठमाडौंको कलंकीस्थित नैकापमा ट्रकको ब्रेक फेल हुँदा दुर्घटना भएको छ।

नागढुंगाबाट कलंकी आउँदै गरेको प्रदेश २-०३००१ ख १४२० ट्रकले आठवटा सवारीसाधनलाई ठक्कर दिँदा एकजनाको  मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्। मृतकको पहिचान खुलेको छैन। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ। 

कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंका  प्रवक्ता प्रमेश विष्टका अनुसार ट्रक अनियन्त्रित भई ट्याक्सी, मोटरसाइकल र बसलाई ठक्कर दिएको हाे। 

 


Leave a Reply

Your email address will not be published.