कलंकी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (दुर्घटनाका तस्बिरसहित)

कलंकी दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो (दुर्घटनाका तस्बिरसहित)

काठमाडौंको कलंकीमा ट्रकको ब्रेक फेल हुँदा भएको दुर्घटनामा परी एकजनाको ज्यान गएको छ। सातजना घाइते भएका छन्।

प्रहरीका अनुसार प्रदेश-२-०३००१ ख १४२० नम्बरको मालबाहक ट्रकले शुक्रबार साँझ अन्य गाडीलाई पनि ठक्कर दिएको थियो।

महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिलराज बोहराका अनुसार दुर्घटनामा ओखलढुंगाका शंकर परियारको मृत्यु भएको छ। उनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

दुर्घटनामा सप्तरीका रञ्जीत चौधरी, रामचन्द्र सिंखडा, कलंकीका  सुजन मानन्धर, बानेश्वरका विशाल श्रेष्ठ, कास्कीकी सन्ध्या थिङ तथा ठेगाना नखुलेका गणेश शर्मा र साजन खत्री घाइते भएका छन्।

 सम्बन्धित समाचार : जब कलंकीमा ट्रकले आठ सवारीसाधनलाई ठक्कर दियो…


Leave a Reply

Your email address will not be published.