पुनरागमन जित निकाल्दै वेस्ट ह्याम अंक तालिकाको पाँचाैं स्थानमा

पुनरागमन जित निकाल्दै वेस्ट ह्याम अंक तालिकाको पाँचाैं स्थानमा

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम युनाइटेड पुनरागमन जित निकाल्दै अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। 

शुक्रबार राति भएको खेलमा लिड्स युनाइटेडलाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम अंक तालिकामा माथि उक्लिएको हो। 

खेलको छैटौं मिनेटमा नै लिड्सले पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै क्लिचले गोल गरेका थिए। वेस्ट ह्यामका गोलरक्षक लुकास फेबियान्स्कीले विपक्षी प्याट्रिक ब्यामफोर्डलाई लडाएपछि भिएआरको सहायतामा पेनाल्टी दिइएको थियो।

तर, लिड्सको त्यो खुसी धेरै बेर टिक्न पाएन। २५ औं मिनेटमा वेस्ट ह्यामका टोमस सौसेकले बराबरी गोल फर्काए। त्यसपछि

पहिलो हाफ १–१ को बराबरीमा सकियो।

दोस्रो हाफ वेस्टका लागि अन्तिमतिर सुखद बन्न पुग्यो खेल सकिन १० मिनेट बाँकी रहँदा वेस्टका एन्जेलो ओगबोनाले विजयी गोल गरे।

जितपछि वेस्टले १२ खेलबाट २० अंक जोडेको छ भने पराजित लिड्स समान खेलबाट १४ अंकसहित १४ औं स्थानमा रहेको छ।


Leave a Reply

Your email address will not be published.

थप समाचार